ध्रुबकुमार ढकाल, लन्डन, १० असार । प्रजातन्त्रको सुन्दर पक्ष मतको उपयोगद्वारा प्रजातन्त्रको जननी मुलुक संयुक्त अधिराज्य बेलायतका जनताले ‘बेलायत’ युरोपियन युनियनबाट अलग रहनु पर्ने जनमत अभिव्यक्त गरेका छन ।
संयुक्त अधिराज्य बेलायतका ५२ प्रतिशत जनताले बेलायत युरोपियन युनियनबाट अलग रहनु पर्ने पक्षमा झिनो मतान्तर सहित पक्षमा अभिमत जाहेर गरेका हुन ।
युरोपियन युनियन गठन पछि शक्तिशाली साझेदार बेलायतका जनताले जनमतबाट अलग रहनु पर्ने पहिलो युरोपियन राष्ट्रको रुपमा जनमत प्रदान गरेका छन् जसको कारण युरोपियन युनियनको भविष्य संकटमा परेको छ ।
बेलायती जनताको युरोपियन युनियनबाट अलग रहनु पर्ने जनमत अभिव्यक्त भए लगत्तै बेलायती पाउण्ड अन्तराष्ट्रिय बजारमा कमजोर देखिएको छ ।
जनमत संग्रहमा ७१. ८ प्रतिशत बेलायती जनताले मतदानमा सहभागिता जनाएका थिए ।
मतदानको मतपरिणाम सार्वजनिक भए लगत्तै बेलायती प्रधानमन्त्री डेविड क्यामुरुनलाई पत्र लेख्दै कन्जरभेटीव बोरिस जानसन र माइकल गोवले पद निरन्तरताको पक्षमा समर्थन जनाएका छन ।
शुक्रबार भएको मतदानमा युरोपियन युनियनबाट अलग रहनु पर्ने पक्षमा ६० प्रतिशत र निरन्तरता दिनु पर्ने पक्षमा ४० प्रतिशत मत परेको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...