-->
विदेश बाट दैनिक ३ लास आउँछन् बाकसमा

वैदेशिक रोजगारीमा जाने युवामध्ये हरेक दिन तीनजनाको शव कफिनमा आउने गरेको छ । जोखिमपूर्ण काममा जाने भएकाले विदेशमा नेपालीको मृत्युदर पनि बढ्दै गएको छ ।

गत साउनदेखि पुससम्म ६ महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका ४६३ नेपालीको मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष एक हजार दुई नेपालीको मृत्यु भएको थियो ।
काम गर्दागर्दै दुर्घटनामा परेर, बिरामी भएर नेपाली मजदुरको मृत्यु हुने गरेको छ । खाडी मुलुकहरूमा हावापानी नमिल्दा सुतेकै अवस्थामा कतिपय नेपालीको मृत्यु हुने गरेको छ ।


मलेसियामा धेरैको मृत्यु
मलेसियामा हरेक दिन एक नेपालीले ज्यान गुमाउने गरेका छन् । गत आर्थिक वर्षमा ४२५ नेपालीको मलेसियामा मृत्यु भएको थियो । आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा पनि मेसिनमा परेर धेरैको ज्यान जाने गरेको छ ।- नयाँ पत्रिका दैनिक


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.