भूकम्पपीडितलाई दुइलाख एकमुष्ट नदिएसम्म कांग्रेसले संसद चल्न नदिने
काठमाण्डु, १२ असार– कांग्रेसले भूकम्पपीडितलाई एकमुष्ट दुई लाख नदिएसम्म संसद चल्न नदिने निर्णय गरेको छ । शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पीडामा रहेका भूकम्पपीडितलाई थप पीडा दिन नहुने निष्कर्ष निकालेको छ ।
‘भूकम्पपीडितले दुई वर्षायाम पीडा भोगे, उनीहरुले जाडोयाम पनि त्यतिकै पीडामा गुजारे, ‘कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवले भनिन्, ‘ पीडित पीडामा भएको बेला उनीहरुलाई दुई लाख रुपैयाँ एकमुष्ट दिनुपर्छ भन्ने हाम्रो निर्णय हो । ’ नयाँ पत्रिकाबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...