-->
इस्तानबुलमा आक्रमणकारीको खोजी तीब्र ,दुइ जना सिरियामा

इस्तानबुल, असार । टर्कीको राजधानी इस्तानबुलमा मङ्गलबार साँझ भएको आतङ्ककारी हमलाका दोषीलाई प्रहरीले व्यापक मात्रामा खोजी गरिरहेको जनाएको छ ।   सो हमलाका दोषीलाई खोजी गर्ने क्रममा बिहीबार प्रहरीले कम्तीमा पनि १३ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका १३ जना व्यक्तिमा चार जना विदेशी नागरिक रहेका छन् । ती १३ जना सो हमलामा सम्लग्न रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।   साथै प्रहरीले उक्त विमानस्थल वरिपरीको स्थानलाई बुधबारदेखि नै नियन्त्रणमा लिएर खोजी अभियानलाई व्यापक बनाएको थियो । उक्त आक्रमणमा परी ४३ जनाको ज्यान गएको छ ।   सो शक्तिशाली विस्फोटमा परी मारिनेमा केही विदेशी पनि परेका बताइएको छ । टर्कीस प्रहरीले सो हमलामा परी मारिने व्यक्तिमा १९ जना विदेशी रहेको जनाएको छ ।   अस्पतालले घाइते भई उपचारार्थ आएका व्यक्तिको अवस्था गम्भीर रहेको जनाएको छ । सरकारी स्रोतका अनुसार घटनामा घाइते भएका २ सय ३९ मध्ये १ सय ९ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।   इस्तानबुल आक्रमणमा परी १९ जना विदेशीको मृत्यु भएका र उनीहरू साउदी अरेबिया, इराक, ट्युनिसिया, उज्वेकिस्तान, चीन, इरान, युक्रेन र जोर्डनका नागरिक रहेको टर्कीका एक अधिकारीले आफ्नो नाम गोप्य राख्ने सर्तमा बताए ।   सो विस्फोट स्तानबुलको अतातुर्क विमानस्थलमा भएको थियो । सो हमलाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । सरकारले आईएसको हात रहेको जनाएको छ ।   यसैबीच सो आक्रमणका दोषी खोज्ने क्रममा भएको कारबाहीका क्रममा कम्तीमा पनि दुई जना शङ्कास्पद व्यक्ति सिरियामा मारिएका छन् ।   उक्त विमानस्थलमा हमलापछि प्रहरीले आईएस आतङ्ककारीलाई खोज्न सिरिया पनि पुगेको थियो । टर्कीसँगको सिमानामा प्रहरीले गरेको कारबाहीमा ती दुई जना मारिएका हुन् ।   मारिएका दुई शङ्कास्पद व्यक्ति आईएसका लडाकू रहेका पत्ता लागेको छ । ती शङ्कास्पद व्यक्तिलाई प्रहरीले पछ्याएर कारबाही गर्न खोजेको थियो ।   टर्कीस प्रहरीले ती व्यक्ति इस्तानबुलमा भएको आक्रमणमा सम्लग्न रहेको पाइएको जनाएको छ । उनीहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.