त्यस्तै उत्कृष्ट अभिनेत्रीको पुरस्कार नम्रता श्रेष्ठले चलचित्र ‘क्लासिक’बाट हात पारिन् । त्यसैगरी उत्कृष्ट चलचित्र पुरस्कार ‘पशुपतिप्रसाद’ ले जित्दा त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक चुनिए ।
उत्कृष्ट नवनिर्देशक अभिनेता समेत रहेका भुवन केसीले चलचित्र ‘ड्रिम्स’बाट जिते । साथै उत्कृष्ट लेखन ९कथा, पटकथा तथा संवाद०तर्फ ‘पशुपतिप्रसाद’बाट अभिनेता समेत रहेका खगेन्द्र लामिछाने, छायाङ्कनमा ‘ड्रिम्स’बाट पुरुषोत्तम प्रधान र सञ्जय लामा तथा सम्पादनमा ‘क्लासिक’बाट सुरेन्द्र पौडेल पुरस्कृत भए ।
त्यस्तै ‘उत्कृष्ट आदिवासी–जनजाति चलचित्र’बाट गुरुङ भाषाको चलचित्र ‘युम्पो देउराली’ पुरस्कृत भयो । उक्त पुरस्कार आदिवासी–जनजाति चलचित्र महासङ्घका अध्यक्ष अमृत सुनुवारलाई प्रदान गरियो । त्यस्तै ‘चलचित्र दीर्घसाधना सम्मान’बाट वरिष्ठ अभिनेत्री वसुन्धरा भुसाललाई तीन लाख ५१ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरियो । पुरस्कृत चलचित्रका विभिन्न विधा गएको वर्ष प्रदर्शनमा आएका ५३ चलचित्रमध्येबाट उत्कृष्ट ठहरिएका हुन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...