सडक अब सस्तो रहेन । सडकमा जथाभावी सवारी चलाउने सवारी चालकहरु सजग नभए ट्राफिक प्रहरीले गोजी रित्याउने निश्चित भएको छ । विवादकाबीच बढाइएको सवारी जरिवाना दस्तुर लागू भएपछि सडक अब महंगो बन्न पुगेको हो । चर्को दस्तुरले सडक अनुशासन कायम भएर दुर्घटना न्युनीकरण गर्न सहयोग पुग्ने विश्वास ट्राफिक प्रहरीको छ तर यातायात व्यवसायी र सवारी चालकहरु भने अनुशासनको नाममा ट्राफिक प्रहरीले गरीब नेपालीको गोजीमा हमला गरेको गुनासो गर्दै आएका छन् ।
हतारमा हुनुहुन्छ तर अब हतार नगर्नुस । ट्राफिक प्रहरीको संकेत, ट्राफिक नियम र ट्राफिक लाइटमा जसरी पनि ध्यान पु¥याउनु नै सवारी चालकका लागि हितकर हुनेछ अब । तोकिएको भन्दा बढि मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएमा, सवारीको सिटभन्दा अन्य भागमा मानिस तथा मालसामान राखेर सवारी चलाएमा, हेल्मेट नलगाई मोटरसाइकल चलाएमा, सवारी आवागमनमा बाधा पु¥याएमा र अन्य सवारीलाई खतरा हुने किसिमले सडकमा सवारी राखेमा ट्राफिकले अब पाँच सय रुपैयाँ टक्टक्याउने निश्चित छ ।
त्यस्तै गरि सडकको बिचमा रहेको दायाँ र बाँया साइड छुट्याउने सडक लेन क्रस गरेर यदि हुंइकिरहनु भएको छ भने तपाइंलाई रु १५०० जरिबाना हुन्छ त्यति मात्र होइन रातो बत्ति बलेको ठाउँमा यातायातका साधनहरु रोकिएका छन् र तपाईंले अघि खालि ठाउँ देखेर लेन क्रस गरि खालि ठाउँ भर्नु भयो भएन पनि तपाइलाई ट्राफिक प्रहरीले रु १५०० को जरिबान गर्छ । बढी भाडा लिएको, लापरवाहीका साथ सवारी चलाएको पाइएमा पनि एक हजार पाँच सय ( १५००) जरिबाना हुनेछ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई सरकारले संशोधन गरी यस्तो व्यवस्था गरिएको हो । सवारी नियम कडाइका साथ पालना गराउन र सडक सभ्यताको विकास गर्न जरिबाना शुल्क वृद्धि गरिएको ट्राफिक महाशाखाको दाबी छ । तर कर तिरे अनुसारको सुविधा समेत पाउन नसकेको काठमाडौं उपत्यकाको सडकमा लादिएको यो जरिवानाले सर्वसाधारणको भने ज्वरो भने फुटाउने निश्चित छ । सडक सुुविधा विस्तार र विकासमा कञ्जुस्याँई गर्न अघि यस्तो जरिवाना लगाउनु सोच्नु पर्छ भन्ने आवाज तिर पनि ध्यान दिन कञ्जुस्याँई गर्न हुँदैन थियो की ?(news24 Nepal)


0 comments
प्रतिक्रिया दिनुहोस्...