काठमाडौं, असार १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नाममा अस्ट्रेलियामा मोबाइलको सिमकार्ड समेत किनिएको थियो । होटल बुक भइसकेको थियो । उनलाई घुमाउने योजना बनिसकेको थियो ।
एनआरएन अस्ट्रेलियाले पूर्व प्रधानमन्त्रीको हैसियतमा आइतबार (असार १२ गते) का लागि रात्रिभोजसमेत तय गरेको थियो । सर्वदलीय बैठक बसेर यी सबै कार्यक्रम रद्द बनाइएको थियो ।
बुधबार दिउँसो १ः०५ बजे उनको फ्लाइट थियो । तर उड्नु दुई घण्टाअघि मात्र भ्रमण रद्द भयो । उनका साथमा श्रीमती, छोरा प्रकाश र स्वकीय सचिव पनि जाँदै थिए ।
अस्ट्रेलियाको न्यू साउथ वेल्समा शनिबारदेखि सुरु हुने भनिएको जनप्रगतिशील मञ्चको महाधिवेशन उद्घाटन गर्ने र सम्बोधन गर्न दाहाल त्यसतर्फ जान थालेका थिए ।
‘भ्रमण स्थगित हुनुमा दुईवटा कारण देखाइएको छ, नेपालको तरल राजनीति र यहाँको न्यू साउथ वेल्स प्रिमियरमा उनीविरुद्ध परेको उजुरी’, न्यू साउथ वेल्समा रहेका पत्रकार हेमन्त काफ्लेले भने, ‘मुख्य कारण के हो भन्न सक्ने अवस्था छैन, उजुरीले गर्दा पनि नआएको हुन सक्ने आशंका व्यक्त भइरहेको छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...