-->
अबिरल वर्षाले विराटनगर डुबानमा, विमानस्थलसमेत प्रभावित


विराटनगर, ११ असार । शनिबार बिहानदेखि परेको अबिरल वर्षाका कारण विराटनगरका दर्जनौं घरमा पानी पसेको छ । वर्षाका कारण सडकहरु भरिएर दुई फिटमाथिबाट पानी बगिरहेको छ ।
विराटनगरमा सडक विस्तार र ढल निर्माणको काम भइरहेको कारण पानीको समुचित निकास हुन नपाउँदा अधिकांश व्यक्तिको घरमा पानी पसेको हो ।
अबिरल वर्षाले गर्दा बसपार्क डुबानमा परेका छन् । बजारका मुख्य सडक पनि जलमग्न अवस्थामा देखिन्छन् । मानिस घरबाट बाहिर निस्कन सकेका छैनन् ।
लगातार वर्षाका कारण विराटनगर विमानस्थलसमेत प्रभावित भएको छ । बिहानदेखि कुनैपनि विमान अवतरण नभएको विराटनगर विमानस्थलले जनाएको छ ।
निरन्तर रुपले वर्षा भइरहेका कारण मोरङ जिल्ला भएर बग्ने नदीको जलस्तर वृद्धि भएको छ । बाढीबाट अतिप्रभावित मधुमल्ला र हसन्दहको जनजीवन कष्टकर बनेको छ । ती दुई गाविसमा केही दिनअघि खोलाको पानी पस्दा ५० भन्दा बढी परिवार विस्थापित भएका थिए ।लाइटनेपालबाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.