नेपालगञ्ज, १६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान कार्यान्वयनमा भाँजो हालेर मुलुकलाई गम्भीर दुर्घटनातफए उन्मुख गराउने षड्यन्त्र भइरहेको बताएका छन् ।
पार्टी नेतृ पूर्णकुमारी सुवेदीका छोरा अच्चुतराजको प्रथम वार्षिकीका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले मुलुक विखण्डतसम्मका लागि कोसिस भइरहेको बताए ।
आगामी ०७४ माघसम्म संविधान कार्यान्यवन गर्ने परिस्थिति तयार नभए मुलुक भयानक दुर्घटनामा जाने उनको भनाइ थियो । ‘केही शक्ति र प्रवृत्ति मुलुक विखण्डनको खेलमा लागेका छन्’, उनले भने, ‘२०७४ माघ ७ गतेभित्र संविधान कार्यान्यवन गर्ने परिस्थिति भएन भने देशको र हाम्रो भविष्य के होला ? यसलाई हामीले गम्भीर रुपमा लिन जरुरी छ ।’
प्रचण्डले संविधान कार्यान्वयन र मुलुकका अगाडि रहेका सम्भावित दुर्घटना टार्न राष्ट्रिय सहमतिको सरकारमा जोड दिए । दलहरुबीच सहमति भए वर्तमान केपी ओली नेतृत्वकै सरकारलाई राष्ट्रिय स्वरुप दिन सकिने बताए ।
गणितीय आधारमा संसदको पहिलो दल काँग्रेसले नै सरकारको नेतृत्व लिँदा पनि फरक नपर्ने तर काँग्रेस र एमाले दुवैले आग्रह गरे आफू सरकारको नेतृत्व लिन तयार रहेको उनको भनाइ छ ।
‘दलहरुबीच सहमति हुन्छ भने अहिलेकै सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा रुपान्तरण गर्न हामीलाई आपत्ति छैन । गणितीय हिसाबले सबैभन्दा ठूलो दल काँग्रेसका सभापति शेरबहादुरजी प्रधानमन्त्री हुँदा पनि म खुसी नै हुनेछु’, उनले भने, ‘काँग्रेस र एमालेले राष्ट्रिय सरकारको नेतृत्व लिन आग्रह गरेको अवस्थामा हामी पनि मुलुकको नेतृत् वगर्न तयार छौं ।’
प्रचण्डले राष्ट्रिय सहमति र एकता नै समस्या समाधानको आधार भएको उनले बताए । प्रचण्डले राजनीतिक दलले विगतबाट शिक्षा लिएर अहंकार त्याग्नुपर्ने उल्लेख गरे ।kathmandu today


0 comments
प्रतिक्रिया दिनुहोस्...