पाथिभरा क्षेत्रमा अबैधानिक घर निर्माण गर्ने दुई जना पक्राउ
ताप्लेजुङ, ११ असार । ताप्लेजुङको पर्यटकिय तथा धार्मिक स्थल पाथिभरा मन्दिर क्षेत्रमा रहेको सामुदायिक वनमा अबैधानिक घर टहरा निर्माण गरीरहेका दुई जनालाई जिल्ला वन कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ । पाथिभरा क्षेत्रमा पर्ने मयाम पाताल सामुदायिक वन भित्र अबैधानिक रुपमा घर निर्माण गरीरहेका फुरुम्बु २ का घरधनी बिकास लेछर्बो र घर निर्माण गरीरहेका कामदार फुरुम्बु ३ का तुलसी निरौलालाई पक्राउ गरीएको जिल्ला बन कार्यालय ताप्लेजुङले जनाएको छ ।
उनिहरुलाई घर निर्माण गरीरहेको स्थानबाटनै शुक्रबार साँझ पक्राउ गरी ल्याईएको र उनिहरु अहिले प्रहरीको हिरासतमा रहेको बताईएको छ । सामुदायिक बन अतिक्रमण गरी घर टहरा निर्माण गरीरहेकाले उनिहरुलाई बन ऐन अनुसार कारवाहि गरीने कार्यलय प्रमुख माधव प्रसाद देवले बताउनुभयो । उनिहरुले बनाईरहेको घर समेत जिल्ला बन कार्यालयका कर्मचारीले भत्काएका छन् ।पुर्बेलीन्युजबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...