भक्तपुर, ३१ असार । सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता शेरधन राईले अहिलेको केपी ओली सरकारको विकल्प नभएको बताएका छन् ।
यही सरकारले नै समस्याहरु हल गर्दै तीन ओटै निर्वाचन गराउने तयारी थालेको उनले बताए । नागरिक दैनिकले समाचार छापेको छ ।
रफत सञ्चार क्लबमा शुक्रबार मन्त्री राईले वर्तमान सरकारको बिकल्प नभएको बताए ।
मन्त्री राईले सरकारको विकल्पको खोजीमा आएका व्यक्तिहरु समेत पुरानै मुहार भएकोले पनि नयाँ सरकार आवश्यक नभएको तर्क गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वले ल्याएको भिजन देशको हितमा भएको उनको टिप्पणी थियो ।
सरकारले कालोबजारीलाई संरक्षण गरेको भन्ने भनाइमा सत्यता नभएको बरु सरकारले कालोबजारी र भ्रष्टाचारीको पहिचान गरी कारवाही गरिरहेको उनको दाबी छ ।
मधेश आन्दोलनकारीका जायज मागको सम्बोधन गर्न सरकार तयार रहेको उनले स्पष्ट पारे । उनले मधेश अन्दोलनको नेतृत्वले सात बुँदे मागमा राखेको र त्यसका बारेमा सकारात्मकका छलफल भइरहेको जनाए। वार्ताकै माध्यमबाट समस्या समाधान हुनेसमेत दाबीसमेत उनले गरे ।
उनले श्रमजीवी पत्रकार ऐन लागूका बिषयमा निजी सञ्चार गृहहरुसँग छलफल भइरहेको जनाए। सबै पक्ष सकारात्मक रहेकाले अब छिट्टै यो ऐन लागू हुने उनले विश्वास व्यक्त गरे ।


0 comments
प्रतिक्रिया दिनुहोस्...