‘बालोटेलीले लिभरपुल छोडेकै राम्रो’
लिभरपुल प्रशिक्षक जर्गेन क्लोपले इटालियन स्टार मारियो बालोटेलीलाई लिभरपुल छोडेर अन्य क्लब जान सुझाव दिएका छन् ।
दुई वर्ष अघि लिभरपुल क्लबमा अनुबन्ध भएका बालोटेली लोनमा इटालियन क्लब एसी मिलान गएका थिए । एसी मिलानले एक सिजनका लागि बालोटेलीलाई लोनमा अनुबन्ध गरेको थियो ।
तर एकवर्षको समय सकिएपछि बालोटेली लिभरपुल क्लब फर्किएका हुन् । लिग सिजनभर जम्मा ३ गोल गरेका बालोटेलीको फर्मलाई लिएर एसी मिलान क्लब सुन्तुष्ट नभएको बताएको थियो ।
क्लोपले भनेका छन्,‘मारियो लिभरपुल फर्किएका छन्, उनको पफर्मेन्स सुधारका लागि मैले सक्दो सहयोग गर्नेछु तर उनले अर्को क्लब रोज्दा धेरै अवसर पाउनेछन् ।’
उनले थप्दै भने,‘मारियो घाइते भएपछि उसको फर्म बिग्रिएको थियो । तर हामी उसलाई फर्ममा ल्याउन मदत गरिरहेका छौ । उ ट्यालेन्टेड खेलाडी हो । यसमा कुनै शंका छैन ।’
बालोटेलीका लागि अन्य धेरै राम्रा क्लबहरु रहेको र यदि उसले चाहेमा उ जान सक्ने उनले बताए । उनले भनेका छन्,‘उ हामीसँगै भएपनि ठीक छ । यसबारे मैले उसँग खुलेरै कुरा गरेको छु । तर अवसरको हिसाबले हेर्ने हो भने अन्य क्लब जादाँ राम्रो हुनेछ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...