-->
एक गोर्खा सैनिक जसले आइएसआइका तीन लडाकूलाई गोर्खाली खुकुरीले छप्काए

एक विशेष वायु सेवा (एसएएस)का गोर्खा सैनिकले आफूलाई अपहरण गर्न खोज्ने आइएसआइएसका तीन लडाकूलाई खुकुरीले आक्रमण गरी हत्या गरेका छन् ।

एसएएसका सैनिकहरु धेरैवर्षदेखि इराकमा तैनाथ गरिँदै आएको छ । उनीहरुले आतंकवादी संगठनमा आबद्ध जिहादीहरुलाई मार्ने र आइएसआइएस विरुद्ध लड्ने कुनै पनि शक्तिलाई सहयोग गर्ने गर्दछ ।

जुन महिनाको सुरुमा निस्किएको एक रिपोर्ट अनुसार एक एसएएस स्निपरले कार बम हमला गर्न खोज्ने दुईजनालाई एउटै गोलीले मारेको थियो ।

यस्तैमा डेली स्टारको एक रिपोर्ट अनुसार, एसएएस र इराकी समूह फालुजास्थित बम बिस्फोट भएको कारखानामा उनीहरुको हराइरहेको एक सैनिकको खोजीमा पसे । तर त्यो समूहमाथि आइएसका लडाकूले एम्बुस राखेका थिए जसमा थुप्रै इराकी सैनिकको मृत्यु भयो भने चारजना सख्त घाइते भए ।

घाइते सैनिकलाई सुरक्षित स्थानमा पुर्याउनको लागि तानिरहेका बेला एसएएसका ती सैनिकले शत्रुलाई गोली हानिरहेका थिए । जब उनीसँग भएका सबै गोली सिद्धिए तब आइएसका सैनिकले उनलाई जिउँदै समात्न खोजे । समात्न खोज्दा २७ वर्षीय ती व्यक्तिले आफूसँग बाँकी भएको एउटै हतियार, खुकुरी निकालेर आक्रमण गर्न थाले । उनलाई त्यो खुकुरी ब्रिटीश गुर्खाका एक सैनिकले उपहारस्वरुप दिएका थिए ।

एक वरिष्ठ रक्षा स्रोतका अनुसार, ‘जब उनीसँग भएको गोली बारुद सबै सिद्धियो तब उनलाई आइएसका बन्दुकधारीले ज्यूँदै समात्न खोजे । उनलाई समात्न जब आइएसआइका सैनिक उनी नजिक गए तब उनले आफ्नो खुकुरी निकालेर छप्काउन थाले ।’

‘उनले पहिलो बन्दुकधारीको टाउको काटे, दोस्रोको घाँटी रेटे र तेस्रो प्रहारले अर्कोको हत्या गरे । त्यसपछि उनले अरु तीनजनामाथि पनि आक्रमण गरे ।’

घाइते आइएसका बन्दुकधारीहरु आत्तिदैं त्यहाँबाट भागे । त्यसपछि ती एसएएस सैनिक आफ्ना घाइते साथीहरुलाई सुरक्षित स्थानमा पुर्याउन सफल भएको स्रोतको भनाई छ ।

‘उनले आफू त्यहाँ मारिने र जतिसक्दो दुश्मनलाई आफूसँगै लिएर जाने उनले सोचेका थिए ।’

‘पछि जब उनले आफ्ना इराकी सैनिकहरुलाई भेटे तब उनलाई धेरै नै चोट लागेको अनुमान गरियो किनभने उनी रगतै रगतले ढाकिएका थिए । तर उनले त्यो रगत आफ्नो नभएको बताए ।’

‘उनले आफ्नो खुकुरी सफा गरे, केही गोली बारुद लिए र अर्को इराकी समूहको नेतृत्व गर्दै पुनः युद्ध गर्न हिँडे ।’

अब ती सेना अधिकारीले इराकी आर्मीबाट बहादुरीको अवार्ड पाउने अनुमान गरिएको छ ।

डेली स्टार सन्डेले बताए अनुसार ती एसएएस सैनिकले आफ्नो खुकुरी इराक, अफगानिस्तान र लिबियाको लडाईं मिसनमा पनि लिएर गएका थिए तर यो खुकुरीको प्रयोग पहिलो पटक यहाँ नै भएको हो ।
स्रोत :  रातोपाटी


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.