-->
एसपी किरण बज्राचार्य मानव वेचविखनविरुद्धको वर्ष हिरो घोषित

SP-Kiran-Bajracharya-830x509काठमाडौं । नेपाल प्रहरीकी एसपी किरण बज्राचार्य मानव वेचविखनविरुद्धको वर्ष हिरो घोषित भएकी छन् ।

अमेरिकी विदेश मन्त्रालयले हरेक वर्ष मानव वेचविखनसम्वन्धी प्रतिवेदन सार्वजनिक गर्ने क्रममा मानव वेचविखनविरुद्ध अभियान चलाएका विश्वभरका व्यक्तिहरुलाई सम्मान गर्ने गर्छ ।

13528887_10153963723028173_1538614318607509427_nसन् २०१६ मा ‘टीआईपी रिपोर्ट हिरो’मा नेपालबाट एसपी किरण बज्राचार्य परेकी छन् । बज्राचार्य केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा रहँदा करिब २ वर्ष संगठित मानव तस्कर समूहलाई पक्राउ गर्न धेरै हदसम्म सफल भएकी थिइन् ।

२०५२ मा इन्स्पेक्टरबाट प्रहरीमा भर्ना भएकी उनी हाल महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुख छिन् । यसअघि २०११ मा शक्ति समूहकी चरिमाया तामाङ, २०१४ मा न्यायाधीश टेकनारायण कुँवर र २००८ मा भीम लामा, गणेश श्रेष्ठ र कुमार गिरीले यो अवार्ड जितेका थिए ।
13516316_10153963723218173_6629573328147783273_n

13507118_10153963723178173_7857089561690354434_n


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.