-->
सभामुखलाई प्रधानमन्त्रीकाे ठाडो आदेश, ‘वर्षमानको सल्लाहमा चल्ने होइन’

काठमाडौँ, ५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान सभामुख ओनसरी घर्तीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री ओलीले सभामुखसँग पछिल्लो राजनीतिक घटना क्रमको विषयमा कुराकानी गरेका छन् ।hoina

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – भेटमा समाभुखसँग प्रधानमन्त्री ओलीले संसदमा पेश भएको अविश्वासको प्रस्ताव, संसदको नियमावली र व्यवस्थापिका संसद सञ्चालनका विषयमा छलफल गरेका हुन् । समामुखसामुसँग कडा रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले संसदको नियमावली, मान्यता र संसदको कारबाही प्रक्रियालाई कानुनीबाटोबाट अगाडि बढाउन समेत आग्रह गरेका छन्।

ओलीले सभामुखलाई वर्षमान पुनको सल्लाहमा नभएर संसदीय नियमावलीअनुसार प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीसँगै एमाले भित्र सभामुखले कार्यसूचीमा भएका विधेयकमाथि छलफल नगराई अविश्वासको प्रस्तावमाथि छलफल गाराउने निर्णय गरेको भन्दै उनको चर्को आलोचना हुँदै आएको छ। यसै सन्दर्भमा प्रधानमन्त्रीसँग भएको छलफलमा सभामुखसामु प्रधानमन्त्री कडा रुपमा प्रस्तुत भएका हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा सभामुखले भने दलहरुको सहमतिकै आधारमा आफूले संसदको कारबाही सञ्चालन गरेको बताएकी छन्। सभामुखले सहमतिकै आधारमा संसदमा पेश भएको अविश्वासको प्रस्ताव पेश हुने जवाफ समेत दिएकी छन्।
khabardabali


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.