-->
सलमानको सुल्तानले आमिरको पिकेलाई पछि पार्ला त ?

साउन ५ – सलमान खानको चलचित्र सुल्तानले पाँच सय करोड भारु कमाइ गरेको छ । प्रदर्शनमा आएको १२ दिन भित्रै सलमानको सुल्तानले समग्रमा पाँच सय करोडको व्यापार गरेको हो । 
योसँगै सुल्तान बढी कमाइ गर्ने भारतीय चलचित्रको सूचीमा पाँचौं स्थानमा पुगेको छ । बढी कमाइ गर्ने चलचित्रको सूचीमा पहिलो नम्बरमा सात सय ९२ करोड भारु कमाइ गरेको आमिर खानको पिके छ ।

यस्तै ६ सय २६ करोड कमाएको सलमानको बजरंगी भाइजान दोस्रो, ६ सय करोड कमाएको बाहुबली तेस्रो तथा पाँच सय ४२ करोड कमाइ गरेको धुम थ्री चौथो नम्बरमा छ ।

सुल्तान हेर्न हलसम्म जाने दर्शक नघटेका कारण यसले सूचीमा रहेका बाँकी चलचित्रलाई पछि पार्ने विश्लेषकले बताएका छन् ।

सुल्तानले अरु चलचित्रको कीर्तिमान तोडे पनि पिकेको कीर्तिमान तोड्न भने कठिन रहने चलचित्रका व्यापार विश्लेषकले बताएका छन् । 

– एजेन्सीको सहयोगमा 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.