क्यानाडा–गत हप्ता अफगानिस्तानको काबुलमा घटेको बरबर्तापूर्ण अमानविय घटनामा ज्यान गुमाएका १३ नेपालीको परिवारलाई सान्त्वनासहित राहतको व्यवस्था मिलाउन क्यानाडामा रहेका बिभिन्न संघ संस्था र व्यक्ति निरन्तर पहलमा लागिरहेका छन् ।
गैर आवासिय नेपाली संघ (एनआरएन) क्यानडाका पूर्वअध्यक्ष अनिल थापा र पूर्व–उपाध्यक्ष अभिमन्यु बस्नेत पनि यस अभियानमा निकै सकृयाता पुर्वक लागिपरेका छन् । क्यानडाका प्रशासनिक निकाय, राजनैतीक दल लगायतका तहहरुमा आफ्ना चासो र एजेण्डासहित छलफल भईरहेको अभिमन्यु बस्नेतले बताए ।
उनका अनुसार विपक्ष दल कन्जरबेटिबका नेता प्याट्रिक ब्राउन, फेड्रल मिनिस्टर नभदिप बैनस, लिब्रल पार्टिका संसद रमेश साङ्गा लगायतसँग भेट गरी घटनामा परेका मृतक परिवारलाई राहत दिलाउन विभिन्न चरणमा छलफल भईरहेको छ ।
नेताहरुसँगको छलफल सकारात्मक रहेको र आवश्यक प्रकृया मिलाएर राहतको लागि क्यानाडा सरकारलाई ध्यानाकर्षण गराउन नेताहरुले आश्वासन दिएकाले अब छिट्टै यो पहलको नतिजा आउने कुरामा पहलकर्मी बस्नेत विश्वास्त छन् । यो पहललाई साझा बनाउँदै एनआरन क्यानाडाले पूर्ण रुपमा पहल लिँदा अझै प्रभावकारी हुने उनको बुझाई छ । यस बिषयमा नेपाल सरकार र क्यानडास्थित नेपाली दुताबासले पनि कुटनितिक पहल गरिरहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...