-->
विहारका बाढीपीडित नेपालमा


विराटनगर, ७ साउन । भारत विहारका बाढी पीडित परिवार सहारा खोज्दै नेपाल आइपुगेका छन् । घर डुबानमा परेकाले फर्किन नसकेका उनीहरु ठूलो संख्यामा विराटनगर–१४ स्थित खेतमा टेन्ट गाडेर बसेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।
उनीहरु सबै मह काढ्ने पेसामा संलग्न धामी समुदायका हुन्। बेखर्ची भएकाले महिला र बालबालिका भिख माग्न बाध्य छन् । टेन्टमा ६० पुरुष, ५० महिला र करिब सय बालबालिका छन् । उनीहरु विहारको सुपौल,अररिया र पूर्णिया जिल्लाको ग्रामिण भेगका बासिन्दा हुन् । आङभरि लुगा नभएकाले बालबालिका लुगलुग कामिरहेको देखिन्छन् ।

खोकी, ज्वरो, झाडापखला र चिसोले ४० बालबालिका र २० महिला बिरामी छन् । ’३० चुलोमध्ये आधाजति बलेका छैनन,’ सुरेन्द्र धामिले भने,’हामी धेरै दिनदेखि काममा जान सकेका छैनौ ।’ साउन र भदौमा घर पानीमा डुबेर बस्न नसकिने हुनाले सुरक्षित बासका लागि नेपाल आइपुगेको उनले बताए । उनीहरु महको खोजीमा पोखरा र काठमाडौंसम्म आइपुग्छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.