हङकङका लागि उडेको नेपाल एयरलाइन्सको विमानमा चरा ठोक्कियो
काठमाण्डु, २३ असार– हङकङका लागि उडेको नेपाल एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ ।
एक सय भन्दा बढी यात्रु बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उडान भरे लगत्तै चरा ठोक्किएपछि आकस्मिक अवतरण गराइएको स्रोतले काठमाण्डु टुडेलाई बतायो ।
एयरलाइन्सका एक कर्मचारीका अनुसार बिहान ११ बजे हङकङका लागि उडान भरे लगत्तै विमानमा चरा ठोक्किएपछि चालक दलका सदस्यहरुले विमानलाई आकस्मिक अवतरण गराएका थिए । जसका कारण कुनै मानवीय क्षति हुन पाएन ।
विमानलाई आकस्मिक अवतरण गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर उडान तथा अवतरण प्रभावित भएको थियो ।
Kathmandu today

0 comments
प्रतिक्रिया दिनुहोस्...