-->
मधेस माग पूरा हुन कठिन

काठमाडौँ २ साउन । कांग्रेस-माओवादी गठबन्धनले नयाँ सरकार बनाउन पहल थालेसँगै दुबै दलका नेताको ध्यान कसरी मधेसवादी दललाई पक्षमा ल्याउने भन्नेमा केन्द्रित छ। मधेसी मोर्चा र संघीय गठबन्धन नेतृत्वकर्तासँग औपचारिक/अनौपचारिक भेटलाई तिब्र बनाएका कांग्रेस माओवादी नेताले सहमतिको आधार सातबुदे सम्झौतामा समेत मधेसका सवाललाई पहिलो प्राथमिकतामा राखेका छन्।

पहिलो नौ महिनाका लागि प्रधानमन्त्री प्रस्ताव गरिएका प्रचण्ड तीन चार दिन यता मोर्चाका नेता फकाउन आफू मात्र नभइ आफ्नो टिमलाई नै परिचालन गरिरहेको अवस्था छ।

दाहाललको सक्रियतापछि मोर्चाका कतिपय घटक सकारात्मक भएको माओवादी नेताको दाबी छ, आजको नागरिक दैनिकमा रूद्र खड्काले खबर लेखेका छन्।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.