-->
कलेज भर्नाको लाईन कोरिया जानेको भन्दा पनि

असार १८, २०७३- शनिबार काठमाडौंको माइतीघरमा थेगिनसक्नुको लाइन थियो । प्रहरी परिचालन गरिएको थियो ।

भीड देखेर धेरैले सोधे, ‘यो कोरिया जानेको लाइन हो ?’ कलेजको उत्तरको गेटतर्फ सोझिएको लाइन सेन्ट जेभियर्स कलेजमा भर्नाका लागि प्रवेश परीक्षा दिने एसएलसी उत्तीर्ण विद्यार्थीहरुको थियो ।

प्रवेश परीक्षाका लागि भीड लाग्ने भएरै कलेजले पार्किङ उपलब्ध नगराउने र सार्वजनिक गाडीमा आउजाउ गर्न सूचना जारी गरेको थियो ।

भर्नाका लागि १३ हजार ५ सयभन्दा बढीले आवेदन दिएको कलेज प्रशासनले जनाएको छ । जबकि कोटा भने जम्माजम्मी ५ सय ८ जनाकोमात्रै छ ।

बिहान साढे ७ बजेदेखि ५ वटा सिफ्टमा सुरु भएको प्रवेश परीक्षा साँझ साढे ५ बजे सकिएको थियो ।


Source : ekantipur 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.