-->
मलेसियामा डेँगुको संक्रमण भएर फर्किएका भाइको उपचार गर्ने पैसा छैन्

नौ महिना अघि मेरो भाइ मलेसिया गएको थियो । त्यहाँ भनेजस्तो तलब पाएन । केही काम गल्ती हुने वित्तिकै एक महिनासम्म कामबाट निकालिदिने गर्दोरहेछ । काम गरेको तलब पनि नदिने रहेछ । 

यिनै समस्याका कारण त्यो कम्पनी छाडेर अर्को कम्पनीमा गयो । अर्को कम्पनीले पनि पैसा दिएन । पैसा माग्दा अवैधानिक रुपमा काम गरिरहेको र पुलिस बोलाइदिने धम्की दिएको रहेछ । 

अवैधानिक रुपमा काम गर्दा गर्दै भाइलाई डेँगुको संक्रमण भएछ । उसको साथमा पासपोर्ट पनि थिएन । पछि मलेसियास्थित नेपाली दूतावासको सहयोगमा ऊ नेपाल फर्कियो । 

भाइलाई फर्काउनका लागि मैले ऋण खोजेर पैसा पठाएँ । हवाइजहाजको टिकटका लागि १३ सय ९० रिंगिट तिरेर काटेर मेरो भाइ नेपाल आयो । अवैधानिक हुँदा लुकेको होटलमा तीन सय रिंगिट तिर्नुपर्यो । 

अहिले काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ । २० हजार रुपैयाँ खर्च भइसक्यो । अब उपचार गर्ने एक पैसा पनि छैन । कसैले एक पैसा दिएका छैनन् । उसले पाउने क्षतिपूर्ति पाए उपचार गर्न सजिलो हुन्थ्यो । ujyaalo 90network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.