-->
कोही एक्कासी अचेत भयो दिइने सिपिआर बारे जानौं

stk65048cor
हृदयाघात होस् या ठूला दुर्घटना, चोटपटक या कुनै पनि मेडिकल अवस्थाका कारण जब कोही व्यक्ति पूर्ण अचेत हुन्छ, त्यतिबेला विना कुनै मेसिन जुन स्थलमा पनि उक्त व्यक्तिको मुटुको चाल र श्वासप्रश्वास कृत्रिम तवरबाट अर्को व्यक्तिद्वारा प्रत्याभूत गराइने प्रक्रिया नै कार्डियोपल्मोनरी रिससिटेसन (सिपिआर) हो ।

कस्तो बेलामा दिइन्छ सिपिआर ?

जब कोही व्यक्ति घरमा, अफिसमा बाटोमा या अस्पतालभित्र नै पनि एक्कासी हृदयाघात, कडा मस्तिष्काघात, दुर्घटना (सडक दुर्घटना, आगोले पोल्ने, डुब्ने, लड्ने या कुनै) या कुनै पनि कारणबाट जब बेहोस वा अचेत हुन्छ र जतिखेर नाडी चलेको हुँदैन र श्वास पनि फेर्न नसकेको या सा¥है गा¥हो गरी अनियमित श्वास फेरेको अवस्था हुन्छ, त्यतिखेर दिइन्छ  सिपिआर । यो कारणजन्य भन्दा पनि अवस्थाजन्य निर्णय हो ।

कसले दिन्छ सिपिआर ?

पढेर या तालिम लिएर जानेको जो कोही व्यक्तिले नै गर्न सक्छ सिपिआर । यसका लागि डाक्टर, नर्स या स्वास्थ्यकर्मी नै हुनुपर्छ भन्ने छैन । विकसित मुलुकमा अठार वर्षभन्दा माथिका प्रत्येक व्यक्तिले सिपिआर तालिम गरेको हुन्छ । अरु कसैको जीवन बचाउने विधि भएकाले जो कसैलाई जो कसैले सिपिआर दिनुपर्ने हुन सक्छ । कतिपयलाई नजानेका कारण, रोग सर्ने भयका कारण या छाति थिचेर मारिदियो भनी अपजस आउला भन्ने शंकाका कारण तथा पछि पुलिसले सोधखोज गर्ने हो कि भन्ने त्रासका कारण सिपिआर दिन हिच्किचाहट हुन्छ । तर सिपिआर नदिए मान्छे लगभग मर्ने अवस्थामा दिइने हुँदा कुनै अप्ठेरो मान्नु पर्दैन ।

मान्छे बचाउँछ त सिपिआरले ?

अमेरिकन हर्ट एसोसिएसनको तथ्यांक केर्दा विश्वभरमा वर्षमा ७ देखि ८ लाख सिपिआर चल्छ र त्यसमध्ये ६० हजारदेखि ८० हजारसम्म अर्थात् झन्डै सयमा ९ जनाको प्राण बचाउन सकेको छ सिपिआरले । समग्रमा ९ प्रतिशत परे पनि त्यसभित्र कोही आफन्त बच्नु भनेको शतप्रतिशतजस्तै अर्थ लाग्ला नि त ।

कसरी दिइन्छ सिपिआर ?

आफ्नो अगाडि कुनै दुर्घटना भयो, कसैको हृदयाघात भयो या कोही अपर्झट अचेत भयो भने सर्वप्रथम आफू सुरक्षित हुनुहोस्, आफूलाई द¥हो प्रस्तुत गर्नुहोस्, अरुको प्राण बचाउँछु भन्ने दृढ संकल्प गर्नुहोस् र तुरुन्तै तलका स्टेप क्रमैसँग गर्न थाल्नुहोस् :

12345

Source : swasthya khabar 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.