निजी मेडिकल कलेज सन्चालकहरुले पत्रकार सम्मेलन गरेर गरे डा. केसीको विरोध
काठमाडौं, साउन ४ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै विगत् १० दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीको आन्दोलनप्रति निजी मेडिकल कलेज तथा डेन्टल कलेजका सन्चालकहरुले विरोध गरेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरुले डा. केसीका मागले सम्पूर्ण चिकित्सा क्षेत्रलाई नै असर गर्ने बताए ।
कार्यक्रममा मेडिकल कलेज संघका अध्यक्ष डा. भोला रिजालले निजी मेडिकल कलेजहरुले वर्षेनि तीन सय जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति दिँदै आएको दाबी गरे ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने डा. केसीको मागप्रति पनि निजी मेडिकल कलेजका सन्चालकहरुले विरोध जनाएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...