-->
अमेरिकी दूतावासले दिएको सफ्टवेयर गृहमन्त्रालयद्वारा अस्वीकार

काठमाडौं, ३१ असार । अध्यागमन विभागमा अन्तर्राष्ट्रिय अपराधीहरुको निगरानीका लागि अमेरिकी दूतावासले राखेको सफ्टवेयर जडानको प्रस्ताव गृह मन्त्रालयले अस्वीकार गरेको छ ।0li

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – नेपालका लागि अमेरिकी राजदूत एलाइना बी टेप्लिजले गत ३ असारमा गृहमन्त्री शक्ति बस्नेतसँगको भेटघाटमा पासेस सफ्टवेयर जडान गर्ने प्रस्ताव गरेकी थिइन् । उक्त सफ्टवेयर र त्यसका लागि आवश्यक हार्डवेयर नि शुल्क दिने अमेरिकी प्रस्ताव रहेको छ ।

तर, विदेशीले दिएको सफ्टवेयर विमानस्थलमा राख्न नहुने लिखित राय अध्यागमन विभागले दिएपछि गृहले उक्त सफ्टवेयर तत्कालका लागिनराख्ने निर्णय गरेको हो । कतिपय देशमा उक्त सफ्टवेयरका कारण समस्या भएको भन्दै अध्ययागमन विभागले अन्तर्राष्ट्रिय रुपमा अध्ययन गरेर मात्र जडान गर्नुपर्ने राय पनि दिएको छ ।
khabardabali


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.