-->
मेस्सी भर्सेस रोनाल्डो : स्वारेजले मेस्सीको साथ छोडेनन्

साउन ९ – ‘मेस्सी भर्सेस रोनाल्डो’ यो विश्व फुटबलमा लामो समयदेखि बहसको विषय बन्दै आएको छ । केहीले लियोनल मेस्सी रोनाल्डो भन्दा उत्कृष्ट रहेको बताउँछन् भने केहीले क्रिष्टियानो रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट भन्छन् । 
मेस्सीसँगै बार्सिलोनाबाट खेल्ने लुइस स्वारेजेको विचारमा मेस्सी भर्सेस रोनाल्डोमा कुनै विवाद गर्नु पर्ने कुरा नै छैन । रोनाल्डो राम्रो खेलाडी रहेको तर मेस्सी उनी भन्दा धेरै उत्कृष्ट रहेकोमा कुनै शंका नभएको स्वारेजको भनाई छ ।

स्वारेजले भने ‘रोनाल्डोले च्याम्पियन्स लिग र युरोकप २०१६ को उपाधि जिते, तर मेरो विचारमा मेस्सी विश्वका उत्कृष्ट फुटबलर हुन् भन्नेमा कुनै विवादनै छैन ।’ यसपटक पनि फिफा बालोन डी’ओर मेस्सीले नै जित्ने स्वारेजको भनाई छ ।

मेस्सीले गएको सिजन बार्सिलोनलाई ला लिगाको उपाधि दिलाउने क्रममा २६ गोल गरेका थिए । यस्तै ला लिगामा दोस्रो भएको रियल मड्रिडका लागि रोनाल्डोले ३५ गोल गरेका थिए ।

मेस्सीले कोपा अमेरिकामा अर्जेन्टिना चिलीसँग पराजित भएपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

रोनाल्डोले आफ्नो कप्तानीमा पोर्चुगललाई इतिहासमै पहिलो पटक युरोकपको उपाधि दिलाए । उपाधि भन्दा पनि मेस्सीको अविश्वसनीय खेल क्षमताका कारण रोनाल्डो भन्दा अघि रहेको स्वारेजले दाबी गरे । 

Ujyaalo 90 network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.