इतिहासमै पहिलोपटक ओलि सरकारको निरंतरता माग गर्दै देसभर स्वतन्त्र युवाको बिशाल
र्याली निस्कदै :
काठमाडौँ :प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा राष्ट्रव्यापीरुपमा युवाहरूले र्याली निकाल्ने भएका छन् । स्वतन्त्र युवा अभियान नाम दिइएको युवा समुहले राष्ट्रियता, स्वाधिनता र विकासको लागि ओली सरकारको निरन्तरता भन्दै शुक्रबार माइतीघर मण्डलाबाट राष्ट्रव्यापीरुपमा र्याली निकाल्ने भएको हो । यसैगरी पोखरामा स्वतन्त्र युवाहरुले प्रधानमन्त्रीको ओलीको समर्थनमा प्लेकार्ड सहितको जुलुस निकाल्ने भएका छन् ।
उद्यमी, व्यवसायी, वकिल, पत्रकार, खेलाडी, शिक्षक तथा विद्यार्थीहरु समेत सहभागि हुने तयारी गरिएको र्यालीमा भारतीय राजदुत रञ्जित रेलाई आफ्नो कूटनैतिक मर्यादामा रहन, छिमेकी देशमा सत्ता परिवर्तन गरी भोजभतेर गरी नृत्य नगर्न समेत खबरदारी अभियानका सदस्य सुजन राईले बताए ।Everest online


0 comments
प्रतिक्रिया दिनुहोस्...