ओलीमाथि थप संकट : राजीनामा नगरे आज अविश्वसाको प्रस्ताव दर्ता गर्दै माओवादी
असार २९। काठमाडौं–अल्पमतमा परेका प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिए माओवादी र काँग्रेसले बजेट सम्बन्धी विद्येयक पास हुन नदिने भएका छन् ।
माओवादी प्रवत्ता पम्फा भुसालले प्रधानमन्त्रीको राजीनामा नआए आजै अविश्वासको प्रस्ताव दर्ता गरिने बताइन् ।
बजेटसम्बन्धी केही विद्येयक पारत भए पनि आज महत्वपूर्ण केही विद्येयक पारित गर्ने कार्यक्रम थियो । माओवादीको यो निर्णयले ओलीमाथि थप दवाव पैदा गर्ने दखिएको छ । बजेटका विद्ययक पाति नभए प्रधानमन्त्री ओली नैतिक संटकमा पर्ने छन् ।
एमालेको हिजो बसेको स्थायी समिति वैठकमा उपाध्यक्ष बामदेव गौतम लगायतका केही नेताले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने मत राखेका थिए । तर, उनले आफ्नो मत अल्पमतमा परेको बताएका छन् । एमालले आज बजेट सम्बन्धी विद्येयक पारित भएपछि थप रणनीति बनाउने निर्णय गरेको थियो । माओवादीले विद्येयक पारित हुन नदिने निर्णय गरेपछि एमालेले नयाँ निर्णय गर्नुपर्ने अबस्था पैदा भएको छ ।
उता ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएसँगै सरकार गठनबारे छलपल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।बहुतमा रहेको सरकार अल्पमतमा परेपछि स्वतः अपदस्थ हुने संसदीय परम्परा रहेको भन्दै काँग्रेसले ओलीले राजीनामा गर्नुपर्ने बताएको छ ।रातोपाटीबाट


0 comments
प्रतिक्रिया दिनुहोस्...