सिरियाली सेनाको हेलिकप्टरमा आइएसको बम आक्रमण, उडीरहेको हेलिकप्टर खस्यो
एजेन्सी । इस्लामिक स्टेट आइएसले रुसी हेलिकप्टरमा बम आक्रमण गरी खसालेको छ । आक्रमणमा परी दुई जना रुसी पाइलटको मृत्यु भएको बिबिसीले जनाएको छ ।
बिबिसीका अनुसार आइएसका लडाकुले ऐतिहासिक शहर पालमायरको पूर्वी क्षेत्रमा रुसी सेनाको हेलीकप्टरमा एमआइ २५ हेकप्टरमा बम प्रहार गरेको हो ।
आक्रमणमा परि हेलिकप्टरका पाइलट रिएफागट खाबिबुलिन र येभ्गेन्य डोल्गिनको मृत्यु भएको छ । उनीहरु दुवैजना रुसी सेना भएको बताइएको छ । विगत ६ महिनादेखि रुसले सिरियामा आइएस विरुद्ध विशेष अपरेशन चलाउँदै आएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...