नेपाली ६० हजार रुपैयाँ भन्दामाथिको मासिक पारिश्रमिकमा काम लगाउने आश्वासनमा तीनदेखि पाँच लाख रुपैयाँसम्म नेपालमा बुझाएर आएका युवाहरु अहिले आफ्नो साथमा पासपोर्ट पनि नभएपछि बन्धक जस्तै बनेका छन् ।
यस्ता कतिपय युवाले खाना खाने खर्चपनि नभएकाले पानी पिएर बाँच्नु परेको गुनासो समेत गरेका छन् । आफ्नो वास्तविक अवस्था थाहा पाउँदा घर परिवार तथा आफन्तमा चिन्ता पर्ने भन्दै उनीहरुले खुलेर सहयोगको याचना पनि गर्न सकेका छैनन् । उनीहरुले आफुहरुसँग भएका कुरा मिडियामा आएपनि परिचय खुल्ने फोटो भिडियो सार्बजनिक नगर्न अनुरोध गरे ।
अहिले युएईको शारजाहस्थित एक भवनमा करिब एक दर्जन नेपाली अन्यौल अवस्थामा छन् । समिरसँगै उनीहरु ३ लाखदेखि ५ लाखसम्म तिरेर युएई आएका थिए । युएई गइसकेपछि सेक्युरिटिको जागिर लगाइदिने र मासिक तलब करिब नेपाली ७५ हजार हुने भनेर उनीहरु यहाँ आएको बताउँछन् ।
युएई आइ सकेपछि आकाश भनिने प्रकाश घलेले उनीहरुलाई शारजाह विमानस्थलबाट सो ठाँउमा लगेका थिए । कोहीको २ महिना भयो, कसैको १ महिना भयो, आजसम्म जागिर नपाएको र आफूहरु अलपत्र परेको बताउँछन् ।
दलाललाई सम्पर्क गर्दा फोन उठ्दैन । अहिले उनीहरु बसेको कोठाको भाडा पनि नतिरिदिएको र एक जना बंगाली आएर उनीहरुको पासपोर्ट पनि लिएर गएको बताउँछन् । ‘कोठाको भाडा लिएर आउ पासपोर्ट लिएर जाउ भन्दै सबैको पासपोर्ट लग्यो’ उनीहरु भावुक हुँदै भने न खाने पैसा छ हुदाँहुँदा पासपोर्ट पनि लगिदियो, न हामी यताउता हिँड्न सक्छौं, बरु पासपोर्ट पाए नेपाल जान्थेउ ।
कतिपय भिजिट भिषामा आउनेहरु पनि नक्कली कामदार भिषा र त्यही नक्कली भिषामा श्रम स्विकृती लिएर आउने गरेको पनि भेटिन्छन । त्यस्ता नक्कली भिषा र श्रम स्विकृती नेपाल एअरपोर्ट सेटिङ्गमा मात्र देखाउने र युएईमा एअरपोर्टमा फेरी भिजिट भिषाको काजगाज देखाउने गर्दछन ।
ठुला कम्पनीमा आफन्त भएका र आफुसँग काम गर्ने सिप भएका युवाहरु भिजिटमा आएपनि काम पाउने गरेका छन् । नेपालमा दलाल मार्फत पुग्ने कम्पनीमा अन्र्तवार्ता मार्फत आउने नयाँ कामदारले न्युनतम पारिश्रमिकबाट काम शुरु गर्नुपर्ने भएकाले आफूसँग सिप र अनुभव भएकाहरु सिधै भिजिटमा आउने र कम्पनीमा प्रतिस्पर्धामार्फत रोजगारी लिने गर्छन ।
युवाहरु अलपत्र अवस्थामा भेटेपछि उद्दारको लगि पहल गरिदिन हामीले अनुरोध गर्दा नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत नेत्र टन्डनले त्यसरी कसैले पनि अरुको पासपोर्ट जफत गर्ने वा राख्ने अधिकार नभएको बताए । साथै उनले भिजिट भिषामा देखिएको समस्या र एअरपोर्ट सेटिङ्गको कुराहरुमा दुतावास र नेपाल सरकारले गम्भिर रुपमा लिएको र त्यसलाई निरुत्साहित र कारबाहीको दायरामा ल्याउन आन्तरिक गृहकार्य र खोजी भइरहेको जानकारी दिए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...