-->
पाकिस्तानको योजनामा दिल्लीमा आक्रमण हुदै गरेको खुलासा !

एजेन्सी–भारतको राजधानी नयाँ दिल्लीमा पाकिस्तानको योजनामा भीषण आक्रमण गर्ने तयारी भैरहेको भन्दै भारतीय मिडियाहरुले समाचार लेखेका छन् ।

भारत–पाकिस्तानबीच सुरक्षा सम्बन्धी सुचना दिने गुप्तचर संगठनको हवला दिदै पाकिस्तानले त्यस्तो योजना बनाएको भन्दै भारतीय मिडियाहरुले समाचार लेखेका हुन् ।

dillhi

गुप्तचर सुत्रको हवला दिदै हिन्दी न्युज २४ ले भनेको छ, ‘पाकिस्तानका एक पूर्व सैनिकको नेतृत्वमा भारतको राजधानी नयाँ दिल्लीको ठूलो होटलमाथि उनीहरुले भीषण हमलाको योजना बनाइरहेका छन् ।’ सो मिडियाका अनुसार यसबेला सो आतंकवादी समुह बंगालदेश र असामको सीमामा गोप्य रुपमा रहेको बताइएको छ ।

न्युज २४ का अनुसार सो आतंकवादी हमलाको नेतृत्व पाकिस्तानका पूर्व सैनिक मोहम्मद खुर्शीद आलम उर्फ जहांगीरले गरिरहेका छन् । उनको तस्वीर भने सार्वजनिक भएको छैन ।

भारतको पूर्वोत्तर राज्य असमबाट घुसेको यो समुहको निशाना दिल्लीको एक ठूलो होटल रहेको समेत बताइएको छ ।

गुप्तचर संस्थाको हवला दिंदै लेखिएको सो समाचारमा दिल्लीको कुनचाहि ठूलो होटल निशानामा पर्न लागेको हो, त्यो भने स्पष्ट खुलाइएको छैन । यो योजनालाई भारतीय मिडियाहरुले पाकिस्तानकै योजना रहेको भन्दै समाचार लेखेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.