धुर्मुस-सुन्तली फाउन्डेसनलाई बलेवा सेवा समाज जापानको सहयोग
निरन्तर सामाजिक सेवामा लागेरहेको बलेवा सेवा समाज जापानले ख्याति प्राप्त कलाकार शिताराम कट्टेल र कुञ्जना घिमीरे द्वारा संचालित धुर्मुस सुन्तली फाउण्डेसन मार्फत सामाजिक उत्थानका कार्यमा सहयोग पुगोस भन्ने हेतुले सो फाउण्डेसनलाई संकलित कुल रकम १ लाख ५२ हजार रूपयाँ हस्तान्तरण गरेको छ ।
संस्थाका उपाध्यक्ष राजु केसीले धुर्मुस सुन्तली फाउण्डेसन द्वारा निर्माणाधिन नमुना बस्ती, गिराउन्चौर एकिकृत बस्ति निर्माण अवलोकन गरी शिताराम कट्टेल- धुर्मुसलाई प्रत्यक्ष भेटेर रकम हस्तान्तरण गरेका छन।


0 comments
प्रतिक्रिया दिनुहोस्...