-->
‘सुपरहिरो’ बन्दा यस्तो देखिए टाइगर

जम्मा दुई फिल्म ‘हिरोपन्ती’ र ‘बागी’बाट आफूलाई एक्सन हिरोको छविमा प्रमाणित गरिसकेका टाइगर श्राफको तेस्रो फिल्म ‘फ्लाइङ जट’को टिजर रिलिज भएको छ। तेस्रो फिल्ममा उनको लडाईं जमिनमा मात्र होइन आकाशमा पनि देखिनेछ। अर्थात् उनी सुपरहिरो बनेका छन् जसकाे भिडन्त हुनेछ, खलपात्रकाे चरित्र निभाएका चर्चित व्यावसायिक रेस्लर नाथन जोन्ससँग। 
 
रेमो डिसुजा निर्देशित फिल्ममा ज्याकलिन फर्नान्डिज टाइगरको प्रेमिकाको भूमिकामा देखिनेछिन्। फिल्म अगष्ट २५ मा रिलिज हुनेछ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.