बंगलादेशमा इदको नमाज भइरहेको ठाउँमा विस्फोट
असार २३ – बंगलादेशमा इदको दिन पनि विस्फोट भएको छ । राजधानी ढाकाबाट एक सय किलोमिटर पर रहेको किशोरगञ्जमा बम विस्फोट भएको हो ।
विस्फोटनमा परि एक जना प्रहरीको ज्यान गएको जनाइएको छ । घटनामा अरु चार जना घाइते भएका छन् । किशोरगञ्जको
एक विद्यालय बाहिर इदको विशेष नमाज भइरहेको स्थानमा विस्फोट भएको समाचार संस्था एएफपीले जनाएको छ । राजधानी ढाकामा गएको हप्ता इस्लामिक स्टेटले एक क्याफेमा आक्रमण गर्दा आक्रमणकारीसहित २८ जनाको ज्यान गएको थियो ujyaalo90 network ।

0 comments
प्रतिक्रिया दिनुहोस्...