रियो दि जेनेरियो । विश्व फुटबल महान खेलाडी पेलेको खेल जीवनलाई लिएर अनेक किस्सा बनेका छन् । ती अधिकाँश किस्समा पेलेको फुटबल क्षमताको प्रतिविम्ब देखिन्छ ।
उमेरले करिब आठ दशक छुन लागेका पेलेको खेलाडी जीवन र उनको क्षमताको चर्चा अझैसम्म भइरहेकै छ । तर तिनै ब्राजिलियन फुटबलर पेले यतिबेला फरक सन्दर्भमा चर्चामा छन् । ७५ वर्षको उमेरमा विवाह गर्न लागेपछि यी महान फुटबलर गैर खेलकुद विषयले चर्चामा आएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारका अनुसार तेस्रो पत्नीका रुपमा पेलेले ५० वर्षीया जापानी महिलासँग चाँडै नै विवाह गर्ने भएका छन् । पेलेको स्वास्थ्यमा समस्या देखिएपछि उनको यो विवाहको मिति सरेको बताइएको छ । समाचार एजेन्सीहरुमा जनाइएअनुसार पेले ती महिलासँग विगत ६ वर्षदेखि सँगै बस्दै आएका छन् ।
अघिल्ला दुई श्रीमतीबाट पेलेका पाँच सन्तान छन् । पेलेको पहिलो श्रीमती रोसमेरी चोल्बीबाट तीन र द्रोस्रो श्रीमती आसिरिया नासिमेन्तोबाट दुई सन्तान छन् ।
अनौपचारिक सम्बन्धबाट पेलेका कम्तीमा अन्य दुई सन्तान पनि जन्मिएका थिए ।
पत्रकार मार्सिया आकोइसँगको सम्बन्धबाट जन्मिएकी छोरीलाई भने पेलेले स्वीकार गरेका छन् । ब्राजिलमा मेडिकल सामग्रीको आयातनिर्यातको व्यापार गर्दै आएकी जापानी महिला मार्सिया आओकीसँग विवाह गर्ने जमर्को पेलेले दुई वर्ष अघि नै गरेको बताइएको छ । एजेन्सीलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...