-->
यस्ता दुई कोपिलाको जीवन चुँड्ने कर्मा यीनै हुन्

काठमाण्डु, २० असार– तस्बिरका बायाँका दुई बालिका अञ्जना पुन र कृपा राई हुन् । दायाँतिरका जग्गा प्लटिङ गर्ने कर्मा लामा ।

यी दुई बालिका तिनै हुन् जसले शुक्रबार

ललितपुरको गोदावरीस्थित टौखेलमा रहेको पुष्पाञ्जलि स्कुलसँगै टाँसिएको प्लटिङको पर्खाल ढल्दा ज्यान गुमाएका थिए ।

गुण्डागर्दीको भरमा सस्तोमा जग्गा हात पारेर टालटुले निर्माण गर्ने र महंगोमा जमिन बिक्री गर्ने कर्मा लामा अहिले फरार छन् । आफ्नै कुकर्मले कर्मालाई फरार बनाएको हो । कर्माले आफ्नो पेशा र व्यवसायमा बेइमानी गर्दा दुई मासुमले ज्यान गुमाए । पैसाका लागि जे पनि गर्न तयार हुनेहरुलाई अरुको आँशु र पीडाले छुँदैन ।

कृपा र अञ्जनाको परिवार अहिले गहिरो शोकमा छ । अझ अञ्जनाको त बाबुको पहिले नै निधन भएको थियो । उनकी आमाकी एक मात्रै आशा अञ्जना थिइन् । उनलाई पनि पर्खाल ढल्दा किच्यो । अञ्जनाकी आमा बिना अहिले बिल्कुल एक्ली भएकी छन् ।

कम उमेर भए पनि पढाईमा सधै प्रथम हुने कृपा राई विद्यालयकी प्रतिभाशाली छात्रा थिइन् । यता पुष्पाञ्जलि विद्यालयसँगै प्लटिङ गर्ने कर्मा लामा भने आफूलाई कर्मा घिसिङ भनेर परिचय दिन्थे । फिल्मका हिरोइनहरुसँग फोटो खिचाएर आफूलाई गायक र प्रोड्युसर भएको बताउने गर्थे ।
भिरालो जमिन किनेर त्यसलाई सम्याउने र कमजोर पर्खाल लगाउने कर्माको कुकर्मले दुई कोपिलाको जीवन चुँडिएको छ ।

कर्माले लगाएको पर्खाल मापदण्डविपरीत रहेको सरकारी अधिकारीहरुले बताइसकेका छन् । नियमपालना गरेर पर्खाल बनाइदिएको भए आज यी दुई बालिकाले ज्यान गुमाउन पर्दैन थियो । यहि कुकर्मका कारण कर्मा लामा अहिले फरार छन् । पीडित अभिभावक र स्थानीयवासीले कर्मालाई कर्तव्य ज्यान मुद्धामा सजाय दिइनु पर्छ भन्ने माग राखेका छन् ।source : kathmandu today 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.