ओलीको सपना साकार हुँदै, कुल जलविद्युत उत्पादन क्षमता बढाउन अध्ययन समिति बन्यो
काठमाडौं, ६ साउन - मुलुकमा जलविद्युत उत्पादन सुरु भएको १०५ वर्षपछि बल्ल कुल उत्पादन क्षमताको पहिचान हुने भएको छ।
जलस्रोतमा विश्वकै दोस्रो धनी मुलक भनिए पनि यसको आधिकारिकता पुष्टिका लागि सरकारी निकायले अध्ययन सुरु गरेको छ। जल तथा उर्जा आयोग र विश्व बैंकको उनुदान सहयोगमा आयोगले जलविद्युत क्षमता पहिचानसहितको सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले यस्तो कार्यक्रम सुरु गरेका हुन्।
एउटै सरकारी निकायले दोहोरो अध्ययन गर्नुलाई धेरैले आश्चर्यको रुपमा समेत हेरेका छन्। विश्व बैंकको ६० करोड अनुदान सहयोगमा सुरु भएको कार्यक्रमअन्तर्गत जलविद्युत उत्पादनसहित समग्र जलस्रोतबारे तीन वर्षभित्र अध्धयन पूरा गर्ने लक्ष्य छ।
आयोगका सह सचिव जीवक्ष मण्डलका अनुसार प्रारम्भिक प्रतिवेदनले १ लाख ६० हजार मेगावात विद्युत उत्पादन क्षमता भएको उल्लेछ।
प्रारम्भिक अध्धयनमा नेपाल र भारत दुवैको साझा नदी भएको हुनले महाकाली नदीको जलविद्युत क्षमताबारे उल्लेख छैन तर आयोगले दिएको कार्यदिशामा भने महाकालदी नदी पनि उल्लेख छ। आजको कारोबार दैनिकमा खबर छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...