बाबुरामले भने– सत्याग्रह थाल्दा सडकमा विरोध हुनु बिडम्बना हो
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले जायज माग राखेर डाक्टर गोविन्द केसीले सत्याग्रह थाल्दा सडकमा विरोध हुनु बिडम्बना भएको बताएका छन्।
सोमबार बिहान चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राखी १० दिनदेखि शिक्षण अस्पतालमा अनसनमा बसेका वरिष्ठ चिकित्सक गोविन्द केसीलाई भेट्न पुगेका भट्टराईले केसीका माग जायज भएकाले ती माग सम्बोधन गर्न सबैको ध्यान जानु आवश्यक भएको बताए। 'उहाँले सत्याग्रह थाल्दा सडकमा विरोध पनि भएको छ। यो बिडम्बना हो' उनले भने।
भट्टराईले केसीको स्वास्थ्य अवस्था नाजुक भइसकेकाेले उनका माग पुरा गर्न ढिला गर्न नहुने बताए। ‘उहाँका माग सम्बोधन गर्न एकदमै ढिला भइसक्यो’ भट्टराईले भने, ‘अब ढिला गर्नु हुँदैन।’ उनले आफूले केसीका माग पुरा गराउनका लागि सकेको प्रयास गरिरहेको पनि बताए। यसअघि असार ३० गते शिक्षण अस्पताल पुगेर भट्टराईले केसीका मागबारे आफ्नो ऐक्यवद्धता रहेको बताए थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...