-->
मोदी र कोइरालाको क्यारिकेचरसँगै ‘ओली सरकार गिराउन पाईँदैन’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं–समाजिक संजालमार्फत राजधानीको माइतीघर मण्डलामा भेला भएका युवाहरुले प्रधानमन्त्री केपी ओलीको पक्षमा शुक्रबार प्रदर्शन गरेका छन् ।

उल्लेख्य संख्यामा प्लेकार्ड, र ब्यानरहरुसहित करिब दुई घण्टा प्रदर्शन गरेका युवाहरुले प्रधानमन्त्री केपी ओलीलाई सरकार नछाड्न आग्रह गरे भने सरकार गिराउन भूमिका खेल्नेहरुलाई खबरदारी गरेका थिए ।

‘सरकार नछाड् केपी ओली ज्यान दिन तयार छौं’ उल्लेखित ब्यानर बोकेर मण्डलामा उभिएका एक युवाले विदेशीको ईशारामा केपी ओली जस्ता राष्ट्रवादी नेतालाई काम गर्ने अवसरबाट बञ्चित गर्न खोजिएको दावी गर्दै भने, ‘म मात्रै हैन म जस्ता तिन करोड नेपाली ओलीको साथमा छौं ।’

‘म केपी ओलिको साथमा छु’ भन्दै चर्को नारावाजी गरेका युवाहरुले नाचगानसहित प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरेका थिए भने सरकार ढाल्न खोज्ने राजनैतिक दलको विरोध गरे ।

वर्तमान प्रधानमन्त्री ओली राष्ट्रवादी भएको दावी गर्दै उनीहरुले ‘राजनीति स्वार्थका लागि हैन स्वाभिमानका लागि’ भएको बताए ।

‘म कुनै दलको कार्यकर्ता हैन’ माइतीघरमा ओलीको पक्षमा उभिन पुगेकी याम्जोङ शेर्पाले भनिन्, ‘घरमा बसिरहेको थिएँ, यहाँ कार्यक्रम हुँदैछ भन्ने सुनेर आएको, राष्ट्रिय स्वाभिमानको रक्षाका लागि हामी सबै केपी ओलीको पक्षमा उभिनुपर्छ ।’

‘स्वतन्त्र युवा अभियन्ताको ब्यानर’ बोकेर मण्डला पुगेका अर्का युवा भन्दै थिए, ‘सरकार ढलेको सुन्दा मलाई अझै सपनाको मलामी गएको जस्तो लाग्दैछ ।’

उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि दिवंगत कांग्रेस नेता शुसिल कोईराला समेतको क्यारिकेचर गरे । त्यस्तै वर्तमान सरकार ढाल्न भारतले भूमिका खेलेको दावी गर्दै उनीहरुले भारतीय पक्षको आलोचना गरे ।Ratopati 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.