-->
रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट, मोरिन्होले बोली फेरे

साउन ५ – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले बार्सिलोनाका लियोनल मेस्सी पेले र डिएगो म्याराडोना जस्तै सर्वकालिन उत्कृष्ट खेलाडी रहेको बताएका छन् । 
मोरिन्होले युरोकपको उपाधि दिलाएका आफ्नै देश पोर्चुगलका क्रिष्टियानो रोनाल्डोलाई छोडेर मेस्सीलाई उत्कृष्ट खेलाडीको रुपमा रोजेका हुन् । मोरिन्होले भने ‘मेरा लागि फुटबल इतिहासका उत्कृष्ट तीन खेलाडी मेस्सी, पेले र म्याराडोना हुन् ।’ 
मोरिन्होले तीन वर्ष अघिको बोली फेरेर मेस्सीको नाम लिएका हुन् । तीन वर्ष अघि सन् २०१३ को मार्चमा मोरिन्होले रोनाल्डो पेले र म्याराडोना भन्दा पनि उत्कृष्ट रहेको बताएका थिए । मोरिन्हो सन् २०१० देखि २०१३ सम्म रियल मड्रिडमा रोनाल्डोले उनको प्रशिक्षणमा खेलेका थिए ।
Ujyaalo 90 network 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.