-->
टर्की : १०४ सैनिक मारिए

साउन १ – टर्कीमा सैनिक कुमा संलग्न १ सय ४ जना सैनिक मारिएका छन् । समाचार संस्था एएफपीका अनुसार कुमा संलग्न १ सय ४ सैनिक मारिएका र १५ सय ६३ जना पक्राउ परेका हुन् । 

शुक्रबार बेलुका सेनाले कु गरेपछि राष्ट्रपति रिसेप टाइप एर्डोगानप्रति बफादार सुरक्षाकर्मीले कुमा संलग्न सैनिकलाई पक्राउ गर्न सुरु गरेको छ । पक्राउ पर्नेमा २९ जना कर्नेल र पाँच जर्नेल गरी ३४ जना सैनिक अधिकृत छन् । 

– एजेन्सीको सहयोगमा 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.