-->
काश्मिर तनाव : झडपमा मृत्यु हुनेको संख्या ३० पुग्यो

असार २८ – भारत प्रशासित जम्मु काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा अहिलेसम्म ३० जनाको ज्यान गएको छ । 

गएको शुक्रबार प्रहरीको कारबाहीको क्रममा बिद्रोही संगठन हिज्बुल मुजाहिदीनका कमाण्ड बुरहान वानीको ज्यान गएपछि त्यसको विरोधमा भएको 
प्रदर्शनको क्रममा काश्मिरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदै आएको छ । शनिबार र आइतबार भएको झडपको क्रममा प्रहरीसहित २३ जनाको ज्यान गएकोमा सोमबार भएको झडपमा तथ मानिसको ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।

२२ वर्षका वानी श्रीनगरबाट ४५ माइल पर अनन्तनागमा मारिएका थिए । वानी मारिएपछि काश्मिरको अवस्था तनावग्रस्त भएको छ । भारत सरकारले झण्डै ८ सय थप सेना काश्मिर पठाएको छ । झडपको क्रममा दुई सय भन्दा धेरै मानिस घाइते भएका छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.