-->
पहिरोले एनसेलको टावर राखेको घर बगाएपछि तातोपानी सञ्चारविहीन

२६ असार । भोटेकोसी नदीमा आएको बाढीले एनसेलको टावर रहेको घर कटान गरेर नदीमा मिलाएपछि तातोपानी क्षेत्र सञ्चार सम्पर्कविहीन बनेको छ । यसअघि राजमार्गका विभिन्न भागमा सडक कटान गरेकाले सडक सञ्जालबाट सीमा क्षेत्रको सम्पर्क विच्छेद भइसकेको थियो । शनिबार लिपिङस्थित एनसेलको टावर रहेको घरसहित १५ घर नदीको कटानमा परेका छन् । स्थानीय प्रशासनको अभिलेखमा यी १५ सहित कुल ४२ घर पूर्णरुपमा क्षति भएको उल्लेख छ ।

तातोपानी क्षेत्रको कुन ठाउँको कति घर नदीमा मिले भन्नेमा जिल्लाका प्रहरी प्रमुख समेत अनभिज्ञ छन् । तातोपानी क्षेत्रका लिपिङ, तातोपानी, कोदारी, १० किलोलगायतका बस्ती कटानको उच्च जोखिममा छन् । प्रहरी प्रमुख केसीलाई तातोपानी क्षेत्रका कुनकुन ठाउँको घर नदी कटानमा परेको भन्ने जानकारी छैन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.