-->
अमेरिकाद्वारा आफ्ना नागरिकलाई टर्की नजान निर्देशन


वासिङ्टन  । संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई टर्की भ्रमणमा नजान निर्देशन गरेको छ । अमेरिकाले टर्कीमा शुक्रबार राति गरिएको असफल सैनिक विद्रोही “कू” को पृष्ठभूमिमा आफ्ना नागरिक माथि टर्कीमा आतङ्कारी समूहको खतरा रहेको बताउँदै टर्र्कीमा रहेको नागरिकलाई त्यहाँबाट बाहिर जान र जाने तयारी गरेकाहरुलाई भ्रमण रद्ध गर्न एक विज्ञप्ती जारी गरी आग्रंह गरिएको छ ।


टर्कीमा भएको असफल सैनिक विद्रोहमा अहिलेसम्म २६५ जनाको ज्यान गइसकेको छ । कैयौँ नागरिक गम्भीर अवस्थामा उपचाररत रहेकोले मृतक सङ्ख्या यसभन्दा बढी पुग्न सक्ने बताइएको छ । घटनामा करिव १५ सय मानिस घाइते भएको बताइएको छ । टर्कीको एर्डोगान समर्थक सरकारले असफल “कू” प्रयासमा संलग्न भएको आरोपमा करिव तीन जहार सेनालाई सुरक्षा नियन्त्रणमा लिएको छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.