-->
शिक्षा नीति तय गर्न चाँडै शिक्षा आयोग गठन हुने

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नीति तय गर्न चाँडै शिक्षा आयोग गठन गर्न लागिएको जानकारी दिनुभएको छ ।

मन्त्री पोखरेलले  सदरमुकाम चरीकोटमा आयोजित पूर्ण साक्षर जिल्ला घोषणासभामा अब हाम्रो देशको शिक्षा नेपाली शिक्षा नीतिबाट नै अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले अब प्रवेशिका तह हटाइएको र उच्चमाध्यमिक शिक्षा परिषद् खारेज गरेर राष्ट्रिय परीक्षा बोर्ड स्थापना गरिने जानकारी पनि दिनुभयो ।

नेपालको शिक्षा समाजवादउन्मुख हुनुपर्ने बताउँदै उहाँले आगामी शैक्षिक सत्रमा हरेक विद्यार्थीको हातमा रङ्गीन पुस्तक पर्ने आश्वासन दिनुभयो ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.