-->
पूर्वराष्ट्रपतिको घर भाडा राष्ट्रपति कार्यालयले तिर्ने

राष्ट्रपति कार्यालयले पूर्व राष्ट्रपति रामवरण यादवको घरभाडा भुक्तानी गर्ने भएको छ। भाडा लिन आउन शुक्रबार घर धनीलाई खबर गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता युवराज आचार्यलाई उद्धृत गर्दै आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

राष्ट्रपति कार्यालयले घरधनी रविभक्त विष्टलाई कर कट्टा गरी कात्तिकदेखि असारसम्मको १२ लाख ३९ हजार ४ सय रूपैयाँ भुक्तानी दिन लागेको हो। ‘चेक तयार भइसकेको छ, घर धनीलाई भाडा लिन बोलाइसकेका छौ,’ आचार्यले भने, ‘सायद आइतबारसम्म आउनुहुन्छ होला।’




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.