-->
अमेरिकी नेतृत्वको गठबन्धन सेनाले इराकमा आइएसविरुद्धको कारवाही बढायो

इराकको फलुजा सहरमा अमेरिकी हवाई हमलामा २५० भन्दा बढी आइएस लडाकु मारिएका छन् । अमेरिकी नेतृत्वको गठवन्धनका तर्फबाट गरिएको पछिल्लो कारवाहीमा आइएसका लडाकु सवार ४० भन्दा बढी सवारी साधनलाई लक्ष्य बनाइएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको हो । दक्षिणी फलुजामा भएको सो हवाई हमलाको विस्तृत विवरण दिइएको छैन ।

150307023752_al_baghdadi_town_reuters_624x351_reuters_nocredit
टर्कीको इस्तानबुलस्थित एक विमानस्थलमा आतंकवादी हमला भएको २४ घण्टा नबित्दै अमेरिकी नेतृत्वको गठबन्धनले आइएसविरुद्ध इराकमा कारवाही तीब्र बनाएको हो । पछिल्लो कारवाहीमा ठूलो सफलता मिलेको अमेरिकी सेनाले जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.