रावणले देखेका स्त्रीका आठ अवगुण, जान्नुहोस के–के हुन् ..
हिन्दु धर्मका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो भूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन ।तर, रावण एक महापण्डित थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन । भलै यो कुरा धेरै कमैलाई मात्र थाहा थियो । रावणको तपस्यामा बहुतै शक्ति थियो । रावणले आफ्नो कर्तव्य निष्ठापूर्वक पालना गर्दथे । तिनै महापण्डित रावणले स्त्रीहरुका विभिन्न आठवटा अवगुणको बारेमा बताएका थिए । आउनुहोस जानौं के–के हुन् रामचरित मानसमा उल्लेख भएका रावणले बताए अनुसार स्त्रीका आठ अवगुणहरु :
१.पहिलो अवगुण : रावणले बताए अनुसार स्त्रीहरुमा ‘बहुतै ज्यादा साहस’ हुनु पहिलो अवगुण हो । साहस हुनु राम्रो कुरा हो तर, महिलाहरु आफूमा रहेको साहसको प्रायः गलत स्थानमा प्रयोग गर्छन ।
२. दोश्रो अवगुण : रावणका अनुसार महिलाहरुको दोश्रो अवगुण महिलाहरुमा रहेको ‘निरन्तर झुठ बोल्ने बानी’ हो । यस्तो पनि होइन कि महिलाहरु हरेक क्षण झुठ बोल्छन । तर, उनीहरु विभिन्न कुरा लुकाउन धेरैजसो झुठको सहारा लिन्छन ।
३. तेश्रो अवगुण : रावणका अनुसार महिलाको तेश्रो अवगुण ‘पुरुषको तुलनामा एकदमै बढी चन्चल हुनु’ हो । रावणले भनेका छन्, महिलाहरुको मन लामो समयसम्म एउटै विषयमा रहँदैन । केही समयमा नै महिलाहरु आफैले बोलेको कुरामा अडिन सक्दैंनन । जसको कारणले परिस्थिति अस्थिर हुन्छ र विभिन्न समस्या उत्पन्न हुन्छन ।
४.चौंथो अवगुण : रावणले महिलाको चौथो अवगुण ‘महिलाहरुको माया रच्ने अवगुण’ भनेका छन् । उनका अनुसार महिलामा रहेको एक कला हो । यो बाट आफ्नो स्वार्थका लागि महिलाहरु जान्दछन कि कुन समयमा के गर्नुपर्छ भनेर ।
५. पाँचौ अवगुण : रावणका अनुसार महिलाहरुको पाँचौं अवगुण उनीहरु एकदमै डरछेरुवा हुनु हो । उनका अनुसार महिलाहरु एकदमै छिटो डराउँछन । अचानक स्थिति परिवर्तन भयो भने अगाडि के हुने हो भन्ने डर महिलामा हुने गर्छ ।
६. छैठो अवगुण : रावणले बताए अनुसार ‘मूर्खता’ महिलाहरुको छैठौं अवगुण हो । महिलाहरु भलै एकदमै जेज दिमाग र बुद्धिमान हुन्छन । तर, उनीहरुमा कतिपय अविवेकका अवगुणहरु हुन्छन । जसका कारण बिना सोच समझ महिलाहरु निर्णय लिन्छन र ठूलो समस्यामा पर्छन ।
७. सातौ अवगुण : ‘निर्दयता’ रावणले भने अनुसरा महिलाहरुमा रहेको सातौं अवगुण हो । महिलाहरु दया पक्कै गर्छन । तर, जुन कुरामा उनीहरुलाई दया आउँदैन । त्यसमा उनहिरु भविष्यमा पनि कहिल्यै दया देखाउँदैनन । यसलाई उनीहरुको हठ नै मान्नुपर्छ ।
८ .आठौं अवगुण : ‘अपवत्रितता’ माफ गर्नुहोला, यो कुराले पक्कै पनि तपाईलाई दुख लाग्यो होला । तर, रावणका अनुसार महिलाहरु अपवित्र हुने गर्दछन । उनीहरुमा सर–सफाईको अभाव रहने पनि रावणले बताएको रामचरित मानसमा उल्लेख छ ।
एजेन्सी


0 comments
प्रतिक्रिया दिनुहोस्...