-->
कस्ता महिलाहरु बढि सम्भोग गर्न रूचाउछन ? जानौराखौ

जेठ २१ , काठमाडौँ । सम्भोगको विषयलाई लिएर महिला तथा पुरुषहरुका बारेमा विभिन्न कुरा तथा अड्कलबाजी गरिन्छ । मानिसहरुलाई दुनियामा सबैभन्दा बढि चासोको विषयको रुपमा रहेको यौनको विषयमा विभिन्न खाले अध्ययन भएका छन् । केही समय पहिले अमेरिकाको इन्डियाना विश्वविद्यालयका शोधकर्ताले स्कुल बंक गर्ने, परीक्षामा फेल हुने र कण्डम विना असुरक्षित यौन सम्पर्क गर्ने आनीबानी बीचमा रहेको सम्बन्धको बारेमा यस्तो निष्कर्ष निकाले।
शोधकर्ताहरुले सेक्सका विषयमा एउटा अर्को सत्यको पर्दा उघारेको दाबी गरे । इण्डियाना विश्वविद्यालयका १४ देखि १७ वर्ष उमेरका किशोरीहरुका ८० हजार डायरीको अध्ययन गरेका थिए शोधकर्ताहरुले । किशोरीहरुले आफ्नो डायरीमा लेखेका अनुभव, अनुभुति तथा विचारका साथै दैनिकीका कुराहरुको विश्लेषणबाट शोधकर्ताहरुले गज्जबको निष्कर्ष निकाले ।
पूरै १० वर्ष लगाएर पूरा गरिएको उक्त अध्ययनका लागि ३८७ जना किशोरीहरुको डायरीबाट रोमान्टिक तथा शारीरिक सम्पर्कसँग जोडिएका उनीहरुको व्यवहारका विषयमा बुझ्ने कोसिस गरिएको थियो । शोधकर्ताहरुले निष्कर्ष निकालेका छन् की जो किशोरीहरु स्कुल बंक गर्दथे र परीक्षामा फेल हुन्थे ती केटीहरु स्कुल बंक गर्ने वा परीक्षामा फेल हुने दिनमा धेरैजसो कण्डम नलगाइ यौनकार्यमा सरिक हुने दर उच्च हुन्थयो ।
जबकी राम्रो शैक्षिक स्तर भएका तथा विद्यालयमा पनि नियमित रुपमा पढ्ने विद्यार्थीहरुले भने सुरक्षित यौन सम्पर्कका उपायहरु अपनाउने गरेको पाइएको थियो। यसबाट शोधकर्ताहरुले के निष्कर्ष निकालेका छन् भने किशोर किशोरी तथा युवायुवतीमा स्कुल बंक गर्ने, परीक्षा फेल हुने र असुरक्षित यौन सम्पर्क गर्ने कार्यबीच घनिष्ट सम्बन्ध छ । स्कुल बंक गर्ने तथा परीक्षामा फेल हुने कुराले उनीहरुमा असुरक्षित यौन सम्पर्कलाई प्रोत्साहन गर्ने गरेको छ ।
यसको खास कारण पत्ता नलागेपनि असुरक्षित यौन सम्पर्कलाई बढावा दिने एउटा कारण कक्षा बंक र परीक्षामा फेल भएसँगै विद्यार्थीमा बढ्ने तनाव पनि रहेको बताइएको छ ।-अनलाइनखबर बाट


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.