एमाले भनेको हिमनदी जस्तै हो, जुन आफ्नै बाटोमा अटुट रुपमा बगिरहन्छ र गन्तव्यमा पुगिछोड्छ । बिरोध गर्ने विरोधीहरु केहि समय धैर्य गर्ने आँट मात्र राख, त्यसपछि तिम्रा तर्कविहीन शब्द सुन्ने २ जना पनि भेट्न तिमीलाई गाह्रो पर्नेछ किनकी देश एमालेमय (केपीमय) भैसकेको छ । र, कुनै दिन तिमीहरुलाई केपी ओलीको विरोध गरेकोमा आफैलाई पीडाबोध हुनेछ ।
२०४६ तिरै राजनीतिक चेत खुलिसकेको थियो मलाई । म कक्षा ७ मा अध्ययनरत थिएँ । निर्दलीय व्यबस्थाको अन्त्य गरी बहुदलीय ब्यबस्था स्थापनाको लागि देशभर आन्दोलनले सबै नागरिकहरुलाई घच्घचाई रहेथियो । म आफू सानै भएपनि बामपन्थी पृष्ठभूमि बोकेको परिवारमा जन्मिएको । त्यहीअनुसारको वातावरणमा हुर्किएको । त्यसैले मलाइ कुनै न कुनै रुपमा २०४६ तिरै स्कूले जीवनमा अनेरास्ववियू पाँचौंको क्रियाकलाप र तत्कालिन स्थानीय वातावरणले राजनीतिक मोहतिर अगाडि बढाइरहेको थियो । त्यतिबेला बिद्यार्थी संगठनमा आबद्द भएका कारण नेकपा एमालेका हरेक कार्यक्रमहरु र पार्टीले गर्ने सबै आमसभाहरुमा प्रायः उपस्थित हुने गरिन्थ्यो । मैले त्योबेला पार्टीका नेताहरु भनेर चिनेको मध्यमा बामदेव गौतम , मोदनाथ प्रश्रित, गोबिन्द कोइराला, गौरा प्रसाई कोइराला बाहेक अरु थिएनन् । लाग्थ्यो– नेता भनेको बामदेव गौतम, मोदनाथ प्रश्रित जस्तो हुनुपर्छ । मैले त्यो बेलामा, सायद अरु नेताहरुलाई देख्न र उहाँहरुको बिचारहरुलाई सुन्न नपाएर हुनसक्छ ।
प्रकाश कोइराला, लेखक
२०५४ फाल्गुन २१ गते बिनाकारण नेतृत्वको टकराबका कारण नेकपा एमालेको दुःखद विभाजन भयो । पार्टीबाट अलग भएका नेताहरुले बिभाजनको दोष जति सबै केपी शर्मा ओलीलाई दिने गर्नुहुन्थ्यो । म मनमनै सोच्ने गर्थेँ यी केपी शर्मा ओली भनेका कस्ता मानिस रहेछन् ? केपी शर्मा ओलीकै कारण यत्रो बिशाल पार्टी किन विभाजनसम्म पुग्यो ? त्यसपछिका दिनहरुमा ममा केपी ओलीलाई देख्ने र अनुकुल भएसम्म उहाँका बिचारहरु सुन्ने भूतको हुटहुटी नै चल्यो । फलतः २०५६ साल बैशाखमा सम्पन्न हुने चुनावी सभालाई सम्बोधन गर्न ओली २०५५ साल चैत्रमा बर्दियाको बांसगढीमा आउनुभयो । मैले पहिलोपटक ओलीलाई देखेको र उहाँको विचारलाई सम्बोधनमार्फत सुनेको त्यहीबेला हो, त्यहीबेलाबाट केपी ओलीमाथि लगाइएको बिभिन्न आरोपहरुलाई मेरो मस्तिस्कले सदा–सदाका लागि निकालिदियो । उहाँद्वारा ब्यक्त विचारहरुमा देखिएको राष्ट्रप्रेम, विकाससँग सम्बन्धित धारणाहरु, नेकपा एमालेको आगामी कार्यदिशा तथा देश निर्माणमा एमालेका योजनाहरुले ओलीप्रतिको सबै भ्रमलाई त चिर्यो नै, मलाई निरन्तर रुपमा नेकपा एमालेको सिपाही भएर उभिन सक्ने आत्मबल र उर्जाहरु थपिदिएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...